२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

तस्करलाई सशस्त्रले पछ्याउँदा ३ मोटरसाइकल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २६ गते १४:२३
तस्करलाई सशस्त्रले पछ्याउँदा ३ मोटरसाइकल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु

रौतहट : रौतहटको कटहरिया नगरपालिका-४ स्थित लालबकैया नदीको पुल छेउमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका अन्दाजी ४६ वर्षीय अनुठा राय यादवको मृत्यु भएको हो ।

भारतबाट नेपालतर्फ भन्सार छलीको सामान मोटरसाइकलमा ल्याउँदै गरेको तस्करलाई सशस्त्र प्रहरीले पछ्याउँदै गर्दा ३ वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको शुक्रबार बिहान वीरगन्जस्थित गण्डक होस्पिटलमा मृत्यु भएको हो ।

बुधबार कटहरिया बजारबाट घरखर्चको समान किनमेल गरी घर फर्किने क्रममा कटहरिया गम्हरिया सडकखण्ड नजिकै सशस्त्र प्रहरी बल र तस्करबीचको भागडौडमा यादव दुर्घाटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जनकारी दिए ।

ADV

सम्बन्धित खबर