२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

दोलखामा सवारी दुर्घटना : ११ महिनामा ११ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार २४ गते २१:२५
दोलखामा सवारी दुर्घटना : ११ महिनामा ११ जनाको मृत्यु

दोलखा : दोलखामा ११ महिनाको अवधिमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत साउनदेखि – जेठ मसान्तसम्म जिल्लामा २७ वटा सवारीसाधन दुर्घटना भएको छ । जसमा ७ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरीक्षक (असइ) ठाकुर प्रसाद भट्टराईले जिल्लामा साना तथा ठूला गरी २७ वटा सवारीसाधन दुर्घटनामा परेको जानकारी दिए । उक्त दुर्घटनामा ३८ जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते छन् । 

यस्तै चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दोलखामा ५८ लाख भन्दा बढी राजस्व संकलन भएको छ । ७ हजार २ सय सवारीसाधनबाट उक्त राजस्व संकलन भएको हो । 

यता मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको, लाइसेन्स तथा ब्लू बुक नभएका, क्षमता भन्दा बढी सामग्री तथा यात्रु बोक्ने लगायतका सवारी साधनलाई कारवाही गरेको प्रमुख भट्टराईले बताए । गत वर्षहरुमा भन्दा अब आउने दिनहरुमा ट्राफिक नियम पालना गर्नेको संख्या बढ्दै गएकाले दुर्घटना र राजस्व संकलनमा कमि आउने ट्राफिक प्रहरी कार्यालय दोलखाको जनाएको छ । 

त्यस्तै यो असार महिनाको २३ गते सम्मको ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्यांक हेर्दा ५ सय ५० वटा सवारीसाधन कारबाहीमा परेका छन् भने यसबाट ४ लाख ३५ हजार राजस्व संकलन भएको पाइएको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise