डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुंगरीमा गंगा दशहरा पर्वको अवसरमा विशेष परम्परा अनुसार बाघ र बाख्राबीचको दौड सम्पन्न गरिएको छ ।
स्थानीय परम्परा अनुसार हरेक वर्ष गंगा दशहरा मेलाको दिन बाघ र बाख्राबीच दौड गराइन्छ । यो परम्परामा बाघले जितेमा वर्षभर किसानका बाख्रा बाघले खान पाउने विश्वास रहिआएको छ भने बाख्राले जितेमा वर्षभर बाख्रालाई कुनै नोक्सानी नहुने जनविश्वास रहेको छ । स्थानीय असोक भट्टका अनुसार यो परम्परा पुस्तौंदेखि चलिआएको हो ।
कार्यक्रमअन्तर्गत देवीदेवताको पूजा–आराधना पनि गरिन्छ । दौड सुरु गर्नुअघि बाघलाई बडकुको माला र बाख्रालाई पुरिको माला लगाइने परम्परा रहेको छ ।
स्थानिय दुर्गा भट्टका अनुसार गंगा दशहरा पर्वमा यो परम्परा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि निरन्तरतापूर्वक सम्पन्न गरिएको हो ।