२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

अनुमति बिना कस्मेटिक सामग्री बिक्री गर्ने पक्राउ

तिलु शर्मा पौडेल
२०८२ जेठ २७ गते २१:२१
अनुमति बिना कस्मेटिक सामग्री बिक्री गर्ने पक्राउ

दोहा कतार : कतारमा रहेर सामाजिक सञ्जालको प्रयोग गर्दै अनुमति बिना कस्मेटिक सामग्री बिक्री गर्ने २ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । 

अवैधानिक रूपमा बिना अनुमति पत्र कस्मेटिक सामग्री बिक्री गर्ने २ जना प्रवासी नागरिकलाई स्वास्थ्य मन्त्रालयले प्रशासनसँगको समन्वयमा  पक्राउ गरेको हो । सामाजिक सञ्जालमा बिना लाइसेन्सका विभिन्न प्रकारका कस्मेटिक सामानको विज्ञापन गर्ने र बिक्री गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

पक्राउ परेकाहरूको थप अनुसन्धान पश्चात् उनीहरूको देशमा फिर्ता पठाइएको छ । मन्त्रालयले अनलाइनबाट बिक्री गरिने सबै सामग्री खरिद नगर्न अनुरोध समेत गरेको छ । मन्त्रालयले लाइसेन्स र बिक्री अनुमति प्राप्त सामग्री मात्र प्रयोग गर्न र खरिद गर्न आग्रह गर्दै कतारको स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्यप्रति संवेदनशिल रहेको जनाएको छ ।

कतारमा कसैले दिँदै गैरकानुनी रूपमा त्यस्ता सामग्री बिक्री गरेको पाइए सूचना दिन समेत आग्रह गरिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर