२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

shivam cement
२०८२ जेठ २८ गते ११:३६
Shares
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेका थिए ।

त्यही भिडियोबारे उजुरी परेपछि उनीविरुद्ध ब्युरोले पुर्जी जारी गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर