२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

सवारी दुर्घटनामा १ जनाको मृत्यु, स्थानीयद्वारा सडक अवरोध

सत्येन्द्र प्रताप सिंह
२०८२ जेठ २९ गते २०:५०
सवारी दुर्घटनामा १ जनाको मृत्यु, स्थानीयद्वारा सडक अवरोध

रौतहट : रौतहटको चन्द्रपुर १ मंगलपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय बुद्ध लिम्बु रहेका छन् । 

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको नम्बर नखुलेको सवारी साधनले लिम्बुलाई ठक्कर दिएको थियो । चन्द्रपुर १ का वडाध्यक्ष बलराम राउतका अनुसार ठक्करबाट लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । 

सवारी साधनको पहिचान नहुँदा स्थानीयहरूले घटनास्थलमा शव राखेर राजमार्ग अवरुद्ध गरेका थिए । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधनको पहिचान गर्ने सहमति भएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिए ।

घटना घटेपछि राजमार्गमा ट्राफिक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहका प्रमुख लोकेन्द्र अधिकारीका अनुसार सहमतिपछि सवारी साधनहरू सामान्य रूपमा सञ्चालनमा रहेको र ठक्कर दिने सवारी साधनको खोजी कार्य जारी रहेको छ । प्रहरीले घटनामा संलग्न सवारी साधनको पहिचानका लागि अनुसन्धान तीव्र पारेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर