२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : उपप्रमुख डंगोल

मध्यान्ह
२०८२ जेठ ३० गते ११:५१
विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : उपप्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका समेत महत्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबीच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको उनले बताइन् । 

सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए । उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृत्रिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए । 

पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकामा समेत बाढी र डुबानका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।

ADV

सम्बन्धित खबर