२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सत्येन्द्र प्रताप सिंह
२०८२ असार १ गते १३:४०
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहट : रौतहटको वृन्दावन नगरपालिका–७ मा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खेतबाट गिट्टी लोड गरेर ल्याइएको ट्याक्टरलाई मुख्य सडकमा चढाउने क्रममा सन्तुलन गुम्दा चालक नजामोदिन मन्सुरीको ट्याक्टरको इन्जिन र ट्रेलरको बीचमा च्यापिएर मृत्यु भएको हो ।

२४ वर्षीय मन्सुरी सोही वडाका स्थायी बासिन्दा थिए । चपुर–गौर राजमार्ग अन्तर्गत वृन्दावन–७ को हुसेनीचोक र आकरपाथरको बीचमा पर्ने भित्री सडक खण्डमा दुर्घटना भएको हो । ना ४ त २०६८ नम्बरको ट्याक्टर खेतबाट सडकमा ल्याउने क्रममा अगाडिको भाग अचानक उचालिँदा उनी स्टेरिङसहित इन्जिन र ट्रेलरको बीचमा च्यापिएका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी उपरीक्षक राजन कार्कीका अनुसार गम्भीर अवस्थामा रहेका मन्सुरीलाई तत्काल उद्धार गरी चन्द्रपुर अस्पताल पुर्‍याइएको थियो । तर, अत्यधिक रक्तस्राव र आन्तरिक चोटका कारण अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरे ।

प्रहरीका अनुसार दुर्घटनामा परेको ट्याक्टर नियन्त्रणमा लिइएको छ।

ADV

सम्बन्धित खबर