२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ असार १ गते १३:४४
Shares
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

रौतहट : रौतहटको गरुडा नगरपालिका वडा नं. १ जयनगरमा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जयनगर निवासी ६५ वर्षीय सियाराम बनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार बनिया बिहान सवा ८ बजेतिर आफ्नै घर अगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा अचानक चट्याङले लागेर गम्भीर घाइते भएका थिए ।

गम्भीर अवस्थामै उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । तर उपचारकै क्रममा बिहान करिब १० बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर