रौतहट : रौतहटको गरुडा नगरपालिका वडा नं. १ जयनगरमा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा जयनगर निवासी ६५ वर्षीय सियाराम बनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार बनिया बिहान सवा ८ बजेतिर आफ्नै घर अगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा अचानक चट्याङले लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामै उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । तर उपचारकै क्रममा बिहान करिब १० बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।