काठमाडौं : कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग द्विपक्षीय हितसहित नेपाली कामदारको सुरक्षा र सम्भावनाबारे छलफल गरेका छन् ।
मंगलवार भएको भेटमा नेपाल–कुवेतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका साथै अन्य विषयमा समेत छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कुवेतमा घरेलु कामदारको चर्को माग रहेको छ । हरेक भेटमा कुवेती पक्षले घरेलु कामदारको आफ्नो चासो राख्दै आएको राजदूत भण्डारीले बताए । उनले नेपाली कामदारले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर, रोजगारीको सुरक्षा लगायतका विषयमा छलफल भएको बताए ।
नेपालमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर बढेपछि कुवेतले तीन हप्तायता नेपालीलाई प्रवेशमा रोक लगाएको छ । भेटघाटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता रहेको दूतावासले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies