२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पानाखोलाबाट बँदेलको आलो मासु बरामद

ADV
प्रचण्ड खत्री
२०८१ असार २७ गते १८:०३
पानाखोलाबाट बँदेलको आलो मासु बरामद

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को पानाखोलाबाट जंगली बँदेलको अखेटोपहार अंग बरामद भएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार मंगलबार पानाखोला सामुदायिक वन क्षेत्रमा अवैधरुपमा शिकार भएको जंगली बँदेलको आलो मासु बरामद गरिएको हो ।

जंगली जनावरको शिकार भइरहेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट जंगली बँदेलको मासु बरामद गरेको कार्यालय प्रमुख परियारको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिको पहिचान भएको र अनुसन्धान कार्य शुरु गरिएको उनको भनाइ छ । अवैधरुपमा जंगली बँदेल शिकार गर्नेविरुद्ध वन ऐन, २०७६ अनुसार कारबाही अगाडि बढाइने उनले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise