२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय हर्षित

shivam cement
कमल कुमाल
२०८२ असार ११ गते २१:२७
घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय हर्षित

कालीकोट : कालीकोटको रास्कोट नगरपालिका वडा नं. ३ अन्तर्गत सागटिया खानेपानी तथा सरसफाइ योजना र कुमालवाडा नैकला खानेपानी तथा सरसफाइ योजना संयुक्त रूपमा उद्घाटन गरिएको छ ।

एकीकृत जलस्रोत व्यवस्थापन (वाम्पी) कार्यक्रम अन्तर्गत हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल, कालीकोट) को प्राविधिक तथा सामाजिक परिचालनमा वडा नं. ३ का १८१ घरधुरीमा ’एक घर एक धारा’को अवधारणामा धारा निर्माण गरिएको हो । 

कुमालवाडा नैकला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मन्दिरे कुमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण) प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल र हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे विशेष अतिथिका रूपमा सहभागी थिए ।

नगरप्रमुख शाही र उपप्रमुख बरालले शुद्ध र सुरक्षित खानेपानी जनताको आधारभूत अधिकार भएको भन्दै योजनाको सफल कार्यान्वयनले रास्कोट–३ का बासिन्दाको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । 

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजेन्द्र नाथ योगी, वडा नं. ४ का अध्यक्ष दिनेश संज्याल, वडा नं. ५ का अध्यक्ष मन तिरुवा, नगर कार्यपालिका सदस्यहरू, हेल्भेटास नेपालका वास अधिकृत चन्द्र प्रकाश के.सी., हुरेन्डेक–नेपालका फिल्ड संयोजक राजेन्द्र बहादुर शाही, प्राविधिक बसन्तजंग शाह, सामाजिक सहजकर्ता धर्मराज सेजूवाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । 

योजनामा सुरुवातदेखि पूर्णता ल्याउन समन्वय र सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै हुरेन्डेक–नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । घर–घरमा खानेपानी धारा जडान भएसँगै स्थानीय हर्षित भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise