२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

शून्य बेरुजु ल्याउने गाउँपालिकालाई सम्मान

shivam cement
२०८२ असार १५ गते १६:०५
Shares
शून्य बेरुजु ल्याउने गाउँपालिकालाई सम्मान

काठमाडौं : शुन्य बेरुजु गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ । 

६७औं वार्षिकोत्सवको अवसरमा सभाभुख देवराज घिमिरेले सम्मान पत्र प्रदान गरे । यसको अलावा प्रदेशगत रूपमा सबैभन्दा कम बेरुजु अङ्क कायम गर्न सफल ७ वटा स्थानीय सरकार (४ नगरपालिका र ३ गाउँपालिका) लाई समेत सम्मान गरिएको छ । 

सम्मानित हुनेमा कोशीबाट शोलुदुधकुण्ड नगरपालिका–सोलुखुम्बु, मधेशबाट इशनाथ नगरपालिका–रौतहट, बागमतीबाट मण्डन देउपुर नगरपालिका–काभ्रे, गण्डकीबाट अन्नपूर्ण गाउँपालिका–म्याग्दी, लुम्बिनीबाट पाणिनी गाउँपालिका अर्घाखाँची, कर्णालीबाट त्रिवेणी गाउँपालिका–सल्यान र सुदुरपश्चिमबाट पञ्चदेवल विनायक नगरपालिका–अछाम छन् ।

महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ ।

त्यस अवसरमा सभामुख घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरू क्रियाशील भई बेरुजु फस्र्यौटमा तदारुकतादेखाउनु पर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सुझाव दिए । 

कार्यक्रमका अध्यक्ष महालेखा परीक्षक तोयम रायले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र ४ प्रदेश तहमा लेखा परीक्षण विविधीकरण कार्यक्रमको सहजीकरण गरिएको बताए ।

ताजा खबर

सम्बन्धित खबर