काठमाडौं : लायन्स क्लब अफ काठमाडौं नेपालयका कोषाध्यक्ष खेमराज चौधरीको जन्मदिनको अवसरमा काठमाडौंको टोखा–धापासीस्थित "हाम्रो बाल संरक्षण धरोहर नेपाल" मा खाद्यान्न सहयोग गरिएको छ ।
सोमबार सम्पन्न कार्यक्रममा धरोहरकी अध्यक्ष बिनिता अर्यालले संस्था २०६८ सालदेखि सञ्चालनमा रहेको जानकारी दिँदै असहाय बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा केन्द्रित रहेर सेवा दिइँदै आएको बताइन् । हाल उक्त संस्थामा ७० जना बालबालिका आश्रित छन् ।
खाद्यान्न सहयोग कार्यक्रममा नेपालयका चार्टर प्रेसिडेन्ट लायन सुधिर शर्मा, अध्यक्ष भुवन श्रेष्ठ, कोषाध्यक्ष खेमराज चौधरी र रेशु चौधरीको उपस्थिति थियो ।
लायन्स क्लब अफ काठमाडौं नेपालयले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ ।