२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

रुकुम पूर्वमा मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, हेलिकप्टरबाट पोखरा लगियो

shivam cement
बालाराम शेर्पाली
२०८२ असार १८ गते १६:५१
रुकुम पूर्वमा मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, हेलिकप्टरबाट पोखरा लगियो

रुकुम पूर्व : रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ अन्तर्गत मध्यपहाडी लोकमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।

रुकुमकोटबाट धौलापहिरा जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बा २९ प ४४२७ नम्बरको मोटरसाइकल चालक भूमे गाउँपालिका–५ धौलापहिराका २५ वर्षीय कृष्ण खत्री सामान्य घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल रुकुमपूर्वले डिस्चार्ज गरेको छ ।

No description available.

दुर्घटनामा गम्भीर घाइते भएका रुकुम पश्चिम, त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय हेमराज ओलीको अवस्था जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको हो ।

घाइते ओलीलाई रुकुमपूर्व अस्पतालबाट डा. पूर्णबहादुर पुन र स्वास्थ्य सामग्रीसहितको टोलीसहित पोखरा रिफर गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, रुकुमपूर्व अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खराल, समाजसेवी तथा युवा नेता चन्द्र रसाइली लगायतको समन्वयमा उद्धार गरिएको हो ।

सामान्य चोटपटक लागेका कृष्ण खत्रीलाई भने जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको निगरानीमा राखिएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवका अनुसार खत्रीको शरीरमा सामान्य चोटपटक देखिएको छ भने उनको आवश्यक स्वास्थ्य परीक्षणपछि कानुनी प्रक्रिया अघि बढाइनेछ ।

ADV

सम्बन्धित खबर

Advertise