२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

अभिलेखमै नभएको विद्यालयको नाममा भ्रष्टाचार

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते १७:१०
अभिलेखमै नभएको विद्यालयको नाममा भ्रष्टाचार

काठमाडौं : अभिलेखमै नभएको विद्यालयको नाममा भ्रष्टाचार भएको पाइएको छ ।

डोल्पामा काल्पनिक विद्यालय खडा गरेर भवन निर्माणका लागि भन्दै ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको भेटिएको हो ।

जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतले आपसी मिलेमतो तथा योजनामा दुनै गाविस वडा नं २ र ३ मा विद्यालय नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि ७ लाख ६० हजार रुपैयाँ निकासा गरी हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार तत्कालीन दुनै गाविस २ र ३ का कुनै पनि वडा र बस्तीमा दुर्गा प्रावि तिप्ला नरहेको पाइएको हो । उक्त विद्यालयको नाममा योजना पारेको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । 

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको, डोल्पाको ठूलीभेरी नगरपालिका–४ साविक दुनै गाविस वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको, विद्यालय निर्माणको लागि आव २०६७/०६८ मा शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको जिल्ला शिक्षा कार्यालय, डोल्पाले जनाएको अख्तियारले उल्लेख गरेको छ । 

आयोगबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनबाट पनि काल्पनिक दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरे गराएको स्पष्ट पारेको थियो । 

अख्तियारले जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको २ कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी गराई चेकमार्फत ७ लाख ६० हजार रुपैयाँ भुक्तानी दिएको जनाएको छ ।  

सो कार्यमा संलग्न इन्जिनियर पजियारसहित लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise