२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

त्रिशूलीले बगायो यात्रुसँगै दुई वटा बस

ADV
शिव विक
२०८१ असार २९ गते ०६:५०
त्रिशूलीले बगायो यात्रुसँगै दुई वटा बस

काठमाडौं : त्रिशूली नदीमा दुई वटा बस खस्दा ४५ बढी यात्रु वेपत्ता भएका छन् । प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार बिहान गएको पहिरोले बस बगाएर त्रिशूली नदिमा पुर्‍याइदिएको हो ।  

भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बसमा सवार यात्रुको संख्या यकिन भएको छैन । तर, ४५ जना भन्दा बढी रहेको र उनीहरुको नाम समेत थाहा लागेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

उक्त पर्दा वीरगञ्जबाट काठमाडौका लागि हिडेको बसो पर्दा भएको बताइन्छ ।

सिमलतालमा बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंका लागि हिँडेको  एन्जल डिलक्स बस र काठमाडौंबाट गौर हिडेँको बसलाई लेदोसहितको पहिरोले बगाएको हो । 

शोकमा कास्की

कास्कीका विभिन्न स्थानमा गए राति पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ  । पोखरा १० पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको छ ।  

मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका छसहित सातजनाको मृत्यु भएको हो ।

मृतकमध्ये पाँचजनाको माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको हो ।  

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीय मनकुमारी, १५ वर्षीय छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो । 

सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने स्वर्गीय कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उहाँ स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ । 

कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गए रातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो ।

यस्तै, पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको छ । 

यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise