२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

shivam cement
विनोद निगम
२०८२ असार २१ गते २०:४८
नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ झरहीखोलास्थित महेशपुर–भुजहवा भित्री सडकखण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो लु २ ख ६५४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा परी प्रतापपुर गाउँपालिका–४, पाँचपेडाका २० वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५, डिगवलका २१ वर्षीय राहुल राजभर गम्भीर घाइते भएका थिए ।

दुवै घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, परासी लगिएको भएपनि उपचारकै क्रममा दिउँसो साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न बस चालक रामग्राम नगरपालिका–४, इम्लीटोलका ३१ वर्षीय सदाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीर दत्त पन्तले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise