२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

मनाइयो ताजिया मेला

shivam cement
मनु यादव निरज
२०८२ असार २२ गते २०:३७
मनाइयो ताजिया मेला

सिरहा : मधेश प्रदेश अन्तर्गत सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित कुर्सन्डी गाउँ र भारतको बिहारस्थित घोडमोहना सीमावर्ती क्षेत्रमा मुस्लिम समुदायले यस वर्ष पनि परम्परागत रूपमा ताजिया (दाहा) मेला भव्य रूपमा सम्पन्न गरेका छन् । 

हरेक वर्ष मोहर्रमको अवसरमा मनाइने यो धार्मिक तथा सांस्कृतिक पर्व यसपटक पनि अठोट, श्रद्धा र कलात्मक प्रदर्शनको साथ मनाइएको हो । समुदायका मानिसहरूले आफ्ना घरमा विशेष रूपमा बनाएका ताजिया (दाहा) हरूलाई सार्वजनिक स्थलमा राख्दै धार्मिक भावना र एकताको सन्देश दिएका थिए ।

मेलामा विशेषगरी युवाहरूले विभिन्न कलात्मक तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए, जसले मेलाको रौनक थपेको थियो । त्यस्तै, महिलाहरूले इस्लाम धर्मका शहीद पात्रहरू हजरत हसन र हुसैनको सम्झनामा धार्मिक भजन तथा गीतहरू गाउने परम्परा पनि निभाएका थिए ।

ताजिया मेला इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हसन र हुसैनको बलिदानको सम्झनामा मनाइन्छ । धार्मिक मान्यताअनुसार, इस्लाम धर्मको रक्षा गर्न हुसैनले करबला (हालको इराक) मा शहादत स्वीकार गरेका थिए । यो बलिदानकै सम्झनामा मोहर्रमको नवमी र दशमीका दिन विशेष कार्यक्रमहरू आयोजना गरिन्छ ।

हुसैनले इस्लाम धर्मका अनुयायीलाई सच्चाइ र न्यायको बाटोमा डोहोर्‍याउने संकल्प गर्दै आफ्नो जीवन उत्सर्ग गरेका थिए । यही बलिदानको सम्झनामा ताजिया मेला, जसलाई स्थानीय भाषामा ‘दाहा’ मेला पनि भनिन्छ, आज पनि उत्तिकै श्रद्धाका साथ मनाइन्छ ।

सिरहा र सीमावर्ती क्षेत्रका विभिन्न गाउँपालिका जस्तै नवराजपुर, भगवानपुर लगायतका स्थानबाट आएका हजारौं श्रद्धालुहरूको सहभागिता रहेको यस मेलाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिएको स्थानीयबासीहरूले बताएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise