२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

भवन नहुँदै जिल्ला अस्पतालको विस्तार

shivam cement
मध्यान्ह
२०८२ असार २३ गते १६:१७
भवन नहुँदै जिल्ला अस्पतालको विस्तार

खोटाङ : खोटाङ जिल्ला अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा विस्तार गरिएको छ ।

कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले विस्तारित अस्पताmको उद्घाटन गरे । अस्पताल विस्तार भएर ५० शैय्या पु¥याइएपनि अस्पतालको भवन भने निर्माण भएकेको छैन ।

मन्त्री राईले भवन निर्माणको काम बाँकी रहे पनि अन्य सेवा सुविधा विस्तार गर्नका लागि उद्घाटन गरेको बताए । सेवा विस्तारका लागि बजेट पनि पर्याप्त मात्रामा उपलब्ध गराइएकाले सेवा विस्तारका लागि ५० शैय्याको अस्पताल उद्घाटन गरिएको राईको भनाइ छ । औषधि प्रशोधन केन्द्र, उपकरण, औषधि खरिद लगायतका लागि पर्याप्त बजेट व्यवस्था गरिएको मन्त्री राईले बताए ।

खोटाङमा स्वास्थ्य क्षेत्रका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘भवन अलपत्र परे पनि सेवा सुविधा विस्तार गर्नका लागि ५० शैय्याको अस्पताल उद्घाटन गरिएको हो,’ राईले भने, ‘भवन पनि सकेसम्म चाँडो निर्माण भइसक्छ । यो वर्ष स्वास्थ्य क्षेत्रमा औषधि प्रशोधन केन्द्र, उपकरण, औषधि खरिद लगायत जनशक्तिसम्मका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

ADV

सम्बन्धित खबर

Advertise