२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

म्याग्दीमा पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता

shivam cement
२०८२ असार २५ गते १५:२८
Shares
म्याग्दीमा पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

उनका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ । 

ताजा खबर

सम्बन्धित खबर