काठमाडौं : वैदेशिक रोजगार व्यवसायी प्रशान्त राईको निधन भएको छ । अविबाहित स्व. राई २९ वर्षका थिए । काठमाडौंको बुद्धनगर-१० स्थित डाइमण्ड स्टार ओभरसिज प्रा.लि.का एक्जिक्युटिभ डाइरेक्टर राईको बुधबार निधन भएको हो ।
स्व. राई डाइमण्ड स्टार ओभरसिज प्रा.लि.का संचालक दिनेश राईका सानिमाका छोरा (भाइ) हुन् ।
स्थायी घर खोटाङ भएका राईको ललितपुरको चापागाउँमा बुधबार बिहान २ बजे मोटरसाइकल दुर्घटनामा परी निधन भएको दाइ दिनेश राईले जानकारी दिए । उनको शव हाल ललितपुरस्थित पाटन अस्पतालमा राखिएको र बिहीबार अन्तिम संस्कारका लागि खोटाङ लगिने दाइ दिनेशले जानकारी दिए ।
स्व. राईका बुबा, आमा र बहिनी रहेका छन् ।