२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि कार्यशाला

shivam cement
सन्तोष पौडेल
२०८२ असार २६ गते १७:२८
श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि कार्यशाला

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि कार्यशालाको आयोजना गरिएको छ । गाउँपालिकाको समन्वय तथा एक्सन एड र कमैया महिला जागरण समाजको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत कार्यशालाको आयोजना गारिएको हो ।

श्रमिकहरुको सुनिश्चितताका लागि पालिकालाई उत्तरदायि र कानुनी प्रक्रिया सहज बनाउनका लागि कार्यशालाको आयोजना गरिएको हो । सो अवसरमा नेपालमा श्रमकानुको इतिहास, श्रम ऐन २०४७ (संशोधन २०७५)मा भएको मुख्य प्रावधान र स्थानिय सरकार सञ्चालन  ऐन २०७४ मा भएको रोजगारी तथा श्रमिकसँग सम्बन्धित मुख्य व्यवस्थाका बारेमा सहजीकरण गरिएको थियो ।

कार्यशालामा गाउँपालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, पालिकाका ६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरु, नागारिक सरोकार मञ्चका पदाधिकारीहरुलगायतको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise