काठमाडौं : मध्यान्हकर्मी सपना बोहरालाई मातृशोक परेको छ । मध्यान्ह राष्ट्रिय दैनिककी दाङ संवाददाता बोहराकी आमा भुमा बोहराको निधन भएको हो ।
केही समयदेखि क्यान्सर रोगबाट पीडित बोहराको ६७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वीर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनकाे काजकिरिया छोरी सपना बोहराले गरेको पारिवारिक स्रोतले जनाएको छ । स्व. बोहराका पति, ४ छोरी र एक छोरा रहेका छन् ।