२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

छाउगोठ भत्काउन स्थानीय तहलाई पत्राचार

shivam cement
२०८२ असार ३० गते १६:५४
Shares
छाउगोठ भत्काउन स्थानीय तहलाई पत्राचार

कञ्चनपुर : छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ ।

कमला दमाईको सर्पदंशबाट शनिबार राति मृत्यु भएको थियो ।  प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न अनुरोध गरेको हो ।
 

ताजा खबर

सम्बन्धित खबर