२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

तुइन चुडिँदा महाकालीमा खसेर एक जना बेपत्ता

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते १५:२१
तुइन चुडिँदा महाकालीमा खसेर एक जना बेपत्ता

दार्चुला : तुइन चुडिँदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।

व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उक्त घटनापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए ।   

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise