२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते १२:२०
झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ ।

थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए । कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रुपमा उद्धार गरेको हो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्डकी नदीमाथि ५७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो । उक्त पुलबाट सौरु गाउँतर्फ सामान पुर्‍याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिए । 

कालीगण्डकी नदीमा खसेका शेर्पाको जीवितै सकुशल उद्धार गरिए पनि अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दलाल ढकालले जानकारी दिए । घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गर्न सफल भएको स्वास्थ्य संयोजक ढकालको भनाइ छ ।

घाइते शेर्पालाई उपचारका लागि थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र त्यहाँबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise