२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

जंगली च्याउ खाँदा बिरामी भएकी बालिकाको मृत्यु

shivam cement
बालाराम शेर्पाली
२०८२ साउन ७ गते १३:२३
जंगली च्याउ खाँदा बिरामी भएकी बालिकाको मृत्यु

रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाएर बिरामी परेका चार जनामध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ ३ वर्षीय योजन विकको पनि सल्यान अस्पतालमा मृत्यु भएको थियो । घटना आइतबार बेलुकी भएको हो । एकै परिवारका चार जनाले जंगली च्याउ खाँदा स्वास्थ्य अवस्था बिग्रिएपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार, च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ । आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको र उनको सल्लेस्थित रुकुम पश्चिमकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise