२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

भीमसेनको ८औं स्थापना दिवस भव्य रूपमा मनाइने

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते २०:४६
भीमसेनको ८औं स्थापना दिवस भव्य रूपमा मनाइने

ललितपुर : ललितपुरको सुनाकोठी क्षेत्रको समग्र विकास र यस क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विश्वसामु चिनाउन उद्देश्यसहित आगामी भदौ १ गते आइतबार भीमसेनको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ भव्य रूपमा मनाइने भएको छ ।

सुनाकोठी समाजद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको यो कार्यक्रमलाई यसपटक पनि विशेष उत्सवका रूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका सदस्य तथा गायक रुपेश डंगोलले जानकारी दिए । 

उनका अनुसार यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम, भिं द्यो पूजा तथा समुदायजनको सहभागिता रहनेछ । सुनाकोठी समाजका बिनोद डंगोलले भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने जनाए । उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको करिब ६० टनको सिंगो ढुंगाबाट अत्यन्त मेहनतका साथ भीमसेनको मूर्ति निर्माण गरिएको हो । यो मूर्ति सम्भवतः विश्वकै सबैभन्दा अग्लो आराध्यदेवको रूपमा स्थापित छ ।

स्थानीय बासिन्दाको सक्रिय सहभागिता र समर्पणले सुनाकोठी क्षेत्रमा धार्मिक जागरणको नयाँ अध्याय सुरु भएको आयोजकको भनाइ छ । यस प्रकारका कार्यक्रमले ललितपुर क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने आयोजकहरूको विश्वास छ ।

ADV

सम्बन्धित खबर

Advertise