२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

छाउगोठ भत्काउने अभियान जारी

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते १४:०५
छाउगोठ भत्काउने अभियान जारी

कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ । गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाई (आउजी)को सर्पदंशका कारण मृत्यु भएपछि छउगोठ भत्काउन सुरु गरिएको हो । 

वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए । उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले जानकारी दिए ।

समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताए । स्थानीय स्वस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियनमा संलग्न भइरहेको जनाउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरे । पहरीया क्षेत्रमा पनि छाउगोठ भत्काउन सुरु गरिने उनको भनाइ छ । 

ADV

सम्बन्धित खबर

Advertise