२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते १४:११
सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बागेश्वरबाट एउटै परिवारका १६ जना सदस्य एकसाथ बेपत्ता भएका छन् ।

बेपत्ता परिवार स्थानीय उर्मिला हायुको हो, जो छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी थिइन् । स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।

घटनाबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले खोजतलास सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोली हायुको घरमा पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ ।

घरमा उनीहरूले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेको तर घरमा एक जना सदस्य पनि नभेटिएको प्रहरीले बताएको छ ।

वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत परिवार सम्पर्कविहीन भएको पुष्टि गरेका छन् । उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको जानकारी उल्लेख गरेका छन् ।

हाल प्रहरीले स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग समन्वय गरेर बेपत्ता परिवारको अवस्थाबारे थप जानकारी लिने प्रयास गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise