२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते १९:०४
यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना

सिन्धुली : सिन्धुलीको गोलञ्जोर  गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नाम खुलेको छ । 

बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायू, २७ वर्षीया कमला हायू, २३ वर्षीया कोमल माया हायू, १९ वर्षीया उषा हायू, २१ वर्षीया अस्मिता हायू, २९ वर्षीय राजु हायू, २४ वर्षीय हिमाल हायू, १६ वर्षीय लालबहादुर हायू, १४ वर्षीय वेगबहादुर हायू, ११ वर्षीय लक्ष्मण हायू, १२ वर्षीय सुवर्ण हायू, १० वर्षीया ओमकुमारी हायू, १ वर्षीय अर्जुन हायू, ४ वर्षीया रियासा हायू र १५ वर्षीय शान्ता हायू रहेका छन् ।

उर्मिला हायूको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले जानकारी दिए। गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायूसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन् ।  

ADV

सम्बन्धित खबर

Advertise