२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

व्यवसायी आलमको हत्या अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा

ADV
पिन्टु यादव
२०८१ साउन १ गते ११:५७
व्यवसायी आलमको हत्या अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा

सप्तरी : सप्तरीको राजविराज नगरपालिका-४ का युवा व्यवसायी औरंगजेब आलमको हत्या अभियोगमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सोमबारदेखि पुर्पक्षका लागि थुनामा पठाइएका आरोपितहरु राजविराज नगरपालिका-३ का ४६ वर्षीय मो.नसिर र राजगढ गाउँपालिका-६ इनरुवाका ४० वर्षीय लालो भनिने लाल मोहम्मद खान रहेको इन्सेक सप्तरीले जानकारी दिएको छ ।

आलमको गत असार ४ गते हत्या भएको थियो । जसको आरोपमा असार ५ गते नसिर र असार १३ गते लालो पक्राउ परेका थिए । अन्य छ जना आरोपितहरु फरार रहेको बताइएको छ ।

जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले उनीहरूलाई असार ३१ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पुगेका छ्न् । गत असार ४ गते भएको कुटपिटबाट गम्भीर घाइते भएका आलमको असार ७ गते उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले असार ५ गते ज्यान मार्ने उद्योगमा दर्ता गरेको उक्त उजुरी असार ७ गते कर्तव्य ज्यानमा परिणत भएको थियो भने असार २८ गते जिल्ला अदालत सप्तरीमा अभियोग दायर भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise