२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन : मुख्यमन्त्री बाँनिया

shivam cement
मध्यान्ह
२०८२ साउन २२ गते १७:२८
फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन : मुख्यमन्त्री बाँनिया

काठमाडौंः गमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।

नेपाल किसान महासंघ वागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पारर्दशी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाइ छ । अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनले बताए ।

उनले आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुनेगरी गरेको जानकारी दिए । गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरुमध्येका छोराछोरीहरुलाई प्रदेश सरकारले २/२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने बताए । प्रदेश सरकारले गरिवका १० वटी छोरीहरुलाई नर्स पढाउने निर्णय पनि गरिसके उनले जानकारी दिए ।

उनले भने, ‘पारर्दशी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन । त्यसकारणले मैले पहिले नै सन्देश चाहीँ दिइसकेको छु, अहिलेसम्म अरु मुख्यमन्त्रीले के गरे गरेनन्, तपाईहरु नी हेर्नुहोला । मैले पहिलो निर्णय नै वागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरुलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरे । र १० वटी गरिबका छोरीहरुलाई नर्स पढाउने निर्णय गरिसके । अरुकाे कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविद्या म लिन्न ।’

बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलवभत्ता लगायतका सुविद्या पनि नदिने बताए । आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्र लगायतका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागि दिने जानकारी दिए । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise