२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

पोखरीमा डुबेर दुई किशोरको मृत्यु

shivam cement
शहबाज खान
२०८२ साउन २९ गते २१:०७
पोखरीमा डुबेर दुई किशोरको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु भएको छ ।

बिहीबार दिउँसो गाउँ नजिकैको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा १२ वर्षीय आकाश बढई र ११ वर्षीय अम्बर रैदासको ज्यान गएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक इश्वर लौडारीले जानकारी दिए । 

प्रहरीका अनुसार, पोखरीमा डुबेर तैरिरहेको अवस्थामा उनीहरूलाई स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । स्थानीयबासी र प्रहरीले संयुक्त रूपमा उद्धार प्रयास गरेपनि दुवैलाई जीवितै बचाउन सकेन । उनीहरूको शव पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise