२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

छोराको दीर्घायुको कामना गर्दै सकियो तीन छठ्ठी पर्व

shivam cement
विनोद निगम
२०८२ साउन २९ गते २१:०८
छोराको दीर्घायुको कामना गर्दै सकियो तीन छठ्ठी पर्व

नवलपरासी : पश्चिम नवलपरासी जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन छठ्ठी पर्व धार्मिक श्रद्धा र उत्साहका साथ सम्पन्न गरिएको छ । आफ्ना छोराको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै महिलाहरूले पूजापाठ तथा व्रत बस्ने परम्परा रहेको यो पर्व भदौ शुक्ल षष्ठीका दिन मनाइन्छ ।

बिहानै महिलाहरूले घर नजिकै वा घरमै रहेको कुशको स्थानमा पूजाआर्चना गरी तीन छठ्ठी पर्व मनाए। पूजामा मौवाका पात, मौवा, सिन्दुरसहित अन्य आवश्यक सामग्री प्रयोग गरिएको थियो । 

पाल्हिनन्दन गाउँकी एक स्थानीय महिलाले भनिन्, ‘यो पर्व हाम्रो संस्कृतिको महत्त्वपूर्ण अंश हो। हामी आमा–आमाहरू छोराको लामो आयु र परिवारको सुख–शान्तिका लागि व्रत बस्छौं। वर्षमा एक दिन भएपनि यस दिनको पूजाले आत्मिक सन्तोष दिन्छ ।’

पर्वका अवसरमा महिलाहरू मन्दिरमा गएर पूजापाठ गर्ने, धार्मिक गीत गाउने र सामूहिक रूपमा व्रत बस्ने गर्छन् । धार्मिक परम्परा अनुसार, साँझ पूजापाठ सम्पन्न गरेर व्रत तोड्ने चलन रहिआएको छ । तराईका विभिन्न क्षेत्रमा विशेषगरी महिलाहरूले हरेक वर्ष यो पर्व धूमधामका साथ मनाउने गरिन्छ । 

ADV

सम्बन्धित खबर

Advertise