२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

अवैध मदिरा नष्ट

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ साउन ३१ गते २०:१६
अवैध मदिरा नष्ट

रौतहट : प्रहरी चौकी सुकदेव चोकले विभिन्न समयमा पक्राउ गरेको करिब दुई सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

गौर–चन्द्रपुर–वीरेन्द्र राजमार्गअन्तर्गत चल्ने सार्वजनिक बसहरूबाट पक्राउ गरिएको मदिरा प्रहरी कार्यालय अगाडि खाल्डोमा पोखी नष्ट गरिएको प्रहरी चौकी सुकदेव चोकले जनाएको छ । 

मदिरा नष्ट गर्ने क्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, रौतहटमा खेतमा पानी लगाउने क्रममा फेरि एक जना किसानको ज्यान गएको छ । रौतहट जिल्लाको बौधीमाई नगरपालिका–६ पिपरिया बस्ने ५७ वर्षीय जयकरण राय यादवको करेन्ट लागेर मृत्यु भएको हो । 

उनले आफ्नै खेतमा मोटरबाट पानी सिँचाइ गर्ने क्रममा शुक्रबार राति करेन्ट लागी ज्यान गुमाएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ ।

स्थानीयले खेतमा शव देखेपछि शनिबार बिहान करिब ६ बजे प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलका अनुसार मृतक यादवको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरी परिवारलाई दाहसंस्कारका लागि जिम्मा लगाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise