२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

जापानिज इन्सेफ्लाइटिसबाट रौतहटमा एक जनाको मृत्यु

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ २ गते २१:४६
जापानिज इन्सेफ्लाइटिसबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट : रौतहटमा जापानिज इन्सेफ्लाइटिसका कारण एक जनाको मृत्यु भएको छ । गुजरा नगरपालिका–१ निवासी ६५ वर्षीय श्यामकिशोर वि.कको आइतबार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । 

वि.कलाई साउन ३० गते गम्भीर अवस्थामा अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । अवस्था अत्यन्तै जटिल रहेकाले बाहिर रिफर गर्न नसकिएको र यहीँ उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको आइसियु कक्षकी नर्सिङ स्टाफ अर्मिना चौधरीले जानकारी दिइन् । 

अस्पताल प्रशासनले तराईका जिल्लामा जापानिज इन्सेफ्लाइटिसका घटना बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise