२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

खोलाले बगाउँदा एक जनाको मृत्यु

ADV
प्रचण्ड खत्री
२०८१ साउन ३ गते १८:४३
खोलाले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई बिहीबार बिहान खोलाले बगाउँदा मृत्यु भएको हो । 

आठविसकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय काफलचौर खोला तर्ने क्रममा पुनलाई खोलाले बगाएको थियो । 

सोही वडाको झिन्चौरमा गत मंगलबार बिहान आएको बाढीले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका छन् । उक्त घटनामा परेर नौ जना घाइते भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise