२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

सल्यानमा जिप दुर्घटना, दर्जनौं यात्रु घाइते

shivam cement
प्रदीप मगर
२०८२ भदौ १२ गते १४:५७
सल्यानमा जिप दुर्घटना, दर्जनौं यात्रु घाइते

सल्यान : सल्यानमा जिप दुर्घटना भएको छ । बिहान करिब ११ बजे शारदा नगरपालिका–१२ रेशमज्युलास्थित ग्रामीण सडकखण्डमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

रेशमज्युलाबाट श्रीनगरतर्फ आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई करिब ५ मिटर तल पल्टिएको थियो । दुर्घटनामा दर्जनौं यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा शारदा नगरपापालिका १३ का १८ वर्षीय सुमन बस्नेत, सोही ठाउँका ३५ वर्षीया झुपी नेपाली, शारदा नगरपापालिका १२ की २१ वर्षीया सिता रावत, उनकी ७ वर्षीया छोरी डोल्मा रावत, ३४ वर्षीया पार्वती बुढा, २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी गाउँपालिका २ की २४ वर्षीया निर्मला गिरी, शारदा नगरपापालिका १५ की ८ वर्षीया शिरीसा भण्डारी, २३ वर्षीया दिपा रावत, शारदा नगरपापालिका १२ की २१ वर्षीया जानकी गिरी, शारदा नगरपापालिका १३ का २७ वर्षीय गिराराज गुरु, उनकी छोरी रियाराज गुरु, शारदा नगरपालिका १ की २५ वर्षीया शोभा बुढाथोकी उनका छोरीहरू डिला बुढाथोकी र सुमित्रा बुढाथोकी, २१ वर्षीया समझ्ना थापा र उनकी १८ महिनाकी छोरी समारिका तथा शारदा नगरपापालिका १३ का १६ वर्षीया जीवन नेपाली रहेका छन् ।

दुर्घटनामा घाइते भएका सबैलाई तत्काल श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जना झुपी नेपाली र पार्वती बुढालाई  नेपालगन्ज रिफर गरिएको अस्पतालले जनाएको छ ।

चालक २३ वर्षीय सुरेश बुढाथोकी प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायव निरीक्षक नरेशसिंह ठकुरीको कमाण्डमा ट्राफिकसहित ४ जनाको टोली खटिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise