२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कस्तुरीको बिनासहित एक जना पक्राउ

ADV
ओबराज शाही
२०८१ साउन ३ गते २०:२०
कस्तुरीको बिनासहित एक जना पक्राउ

हुम्ला : हुम्लाको सिमकोटबाट तिब्बत लैजान घरमा लुकाएर राखेको कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –३, केर्मीका कन्जोक तामाङ रहेका छन् ।

भारतको दिल्लीबाट रुपैडिया, नेपालगञ्ज, सुर्खेत, कालीकोट बाजुरा हुँदै स्थलमार्गबाट चीनको स्वशासित क्षेत्र तिब्बत लैजान सिमकोट पुर्‍याइएको कस्तुरीको बिना बरामद गरिएको हुम्ला प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । 

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सिमकोट गाउँपालिका वडा नं. ६ को बजार क्षेत्रमा रहेको उनकै  घरमा  लुकाएर राखेको अवस्थामा उक्त बिनासहित एक जनालाई पक्राउ गरिएको थियो । 

बिनासहित तामाङकै घरबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक  खनालले बताए । 

भारतको दिल्लीबाट हिँडेका तामाङ साउन १ गते सिमकोट पुगेकोे प्रहरीको बयानको क्रममा तामाङले बताएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । दिल्लीमा ७ लाख भारुमा खरिद गरेर ल्याइएको बिना तामाङले चीनको तिब्बतमा बिक्रीका लागि लैजान ल्याएको बताएका छन् । 

अहिले तिब्बतमा १ ग्राम कस्तुरीको बिना ४० देखि ४५ हजार नेपाली रुपैयाँमा बिक्री हुने प्रहरी निरीक्षक चन्दले बताए ।

सुराकी पाए लगतै बुधबार बेलुका प्रहरी निरीक्षक चन्दको नेतृत्वमा खटिएको टोली तामाङ घर पुगेको थियो । उनको घरबाट १८ थान बिनासहित दुई थान मोबाइल, झोला, एटिएम कार्ड, पासपोर्ट, नागरिकता, ३ हजार चिनियाँ रुपैयाँ र तराजुलगायतका वस्तु बरामद गरिएको छ ।  

प्रहरीले प्रारम्भिक बयान लिएको र बिहीबार नै बरामत सामानसहित तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइएको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise