२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

दोलखाकी दुई वर्षीया बालिकाको उपचारका लागि ४० हजार सहयोग

Nada
तिलोचन गौतम
२०८२ असोज १ गते २१:१६
Shares
दोलखाकी दुई वर्षीया बालिकाको उपचारका लागि ४० हजार सहयोग

मलेसिया : दोलखा निवासी दुई वर्षीया बालिकाको उपचारका लागि नेपाली जनसम्पर्क समिति मलेसियाले रु. ४० हजार ७ सय आर्थिक सहयोग प्रदान गरेको छ ।

ncell

समितिका सदस्य देवराज घिमिरेको पहल, सभापति चोलाकान्त पंगेनीको समन्वय तथा पदाधिकारी र सदस्यहरूको संयुक्त प्रयासमा संकलित रकम बालिकाकी आमा रमा भट्टराईको बैंक खातामा जम्मा गरिएको समितिका सहकोषाध्यक्ष इन्द्र प्रकाश भण्डारीले जानकारी दिए । 

महामन्त्री हरि कोइरालाले मातृभूमिप्रति विदेशमा रहेर पनि उत्तरदायित्व बहन गर्ने भावनाले समितिले गरेको सहयोगलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिन सकिने बताए । 

यस्तै, कोषाध्यक्ष गणेश राउतले सहयोगमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका समितिका प्रवक्ता सरोज दाहालले जानकारी दिए ।

सम्बन्धित खबर