ललितपुर : साहित्यकार रितादेवी प्रधान जोशीको नेपाल भाषाका दुई कृति विमोचन गरिएको छ । जोशीको ‘बतास आएको बाटो’(फय् वःगु लँय् ) र ‘टाढैबाट चिनेको स्वर’(तापालय् थ्वःगु सः )को एक बिहीबार एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा भएको उक्त कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ध्रुव मधिकर्मी र अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार गीता खत्रीले संयुक्त रुपमा कृतिको विमोचन गरेका छन् ।
कार्यक्रममा वाङ्गय शताब्दी पुरुष जोशीले साहित्यकार रितादेवी जोशीको कृतिबाट भाषा साहित्यको विकासका लागि योगदान पुगेको बताए । साहित्यकार मधिकर्मीले स्रष्टाहरुले अग्रजको प्रभावलाई पच्छ्याएर आफ्नो लेखनको बाटो फरक बनाउँदै पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
उनले रितादेवीका कथाहरुमा विदेशमा बस्ने नेपालीहरुको प्रवृत्ति र पीडालाई मार्मिक रुपले प्रस्तुत गरेको बताए । हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकारहरु पूर्ण ताम्राकार, पुष्पराज राजकर्णीकार, शाक्य सुरेन, तुयु पुं र पूर्णिमा शाक्य लगायतका उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies