२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एन्फामा पारदर्शिता र जवाफदेहिताको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

shivam cement
२०८२ कार्तिक २० गते १२:१७
Shares
एन्फामा पारदर्शिता र जवाफदेहिताको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरूले धर्ना दिएका छन् । 

बिहीबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा उनीहरूले एक घण्टा धर्ना दिएका हुन् । उनीहरूले 'एन्फा फुटबल एसोसिएशन कि कन्सलटेन्सी ?', 'विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?', 'नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम', 'घरेलु लिग चलाऊ, फुटबल बचाऊ', 'वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल', 'फुटबल क्यालेन्डरमा होइन, ग्राउण्डमा चाहियो'लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् । २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाव सार्वजनिक नहुँदा केही क्लबहरूले असन्तुष्टि जनाएका छन् ।

यसबाहेक खेलाडीहरूको तलब र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लबहरूले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ । 

सम्बन्धित खबर