२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रुकुम पश्चिममा दिदीबहिनीको शव फेला, एक किशोरी बेपत्ता

shivam cement
प्रचण्ड खत्री
२०८२ फागुन २६ गते १४:१८
Shares
रुकुम पश्चिममा दिदीबहिनीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नम्बर ३ गर्लाबोट निवासी टिकाराम ओलीकी छोरी १४ वर्षिया उर्मिला ओलफ र १२ वर्षिया कल्पना ओली सानोभेरी नदी किनारमा मृत अवस्थामा फेला परेका हुन् । सोही ठाउँकी पूर्णबहादुर ओलीकी छोरी सपना ओली भने सानोभेरी नदीमा बगेर बेपत्ता भएको प्रहरीले अनुमान गरेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ भलखोलामा विवाहमा गएको र फर्कने क्रममा सानोभेरी नदी तर्ने क्रममा बगेर मृत्यु भएको प्रहरिको अनुमान छ । झोलुङ्गे पुल भएता पनि जंगल भएका कारण डरले खोला तर्ने क्रममा बगेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी उपरीक्षक बेद पौडेलको भनाइ छ । 

जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी उपरीक्षक बेद पौडेलको कमान्डमा प्रहरी टोली र स्थानीयको सहभागितामा बेपत्ता भएकी ओलीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शव फेला परेकाहरू दिदी बहिनी हुन् । उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार करिब ५ सय मिटरको दूरीमा उनीहरूको शव फेला परेको हो ।

सम्बन्धित खबर