२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

एनपिएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १४८ रनको चुनौती

shivam cement
२०८२ मंसिर ३ गते १८:३५
Shares
एनपिएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १४८ रनको चुनौती

काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत  आज  भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित  त्रिवि अन्तरराष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमा अर्धसतक बनाए । 

त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।

बलिङतर्फ काठमाडौंका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई/दुई विकेट लिए । काठमाडौं अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

यसअघि भएको पहिलो खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत रहेको  सुदूरपश्चिमको भने यो पहिलो खेल हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर