२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन साउन १९ मा

ADV
मध्यान्ह
२०८१ साउन १२ गते १६:५८
ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन साउन १९ मा

काठमाडौं : ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन गोंगबु आत्मज्ञानस्थित कुक्कु रेष्टुरेष्ट एण्ड इभेन्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताका लागि साउन १९ गते शनिबार विहान १० बजेदेखि साढे ३ बजेसम्म अडिसन हुन लागेको हो ।

नेपाल टेलिभिजनबाट बाल कार्यक्रमदेखि हास्य टेलिशृंखला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजनाका साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखि १८ वर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ ।

जसमा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखि १८ वर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम सञ्चालनलगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन् । 

प्रतियोगिताअन्तर्गत प्रथम अडिसनपश्चात १८ घण्टाका लागि प्रशिक्षण शुरु हुनेछ भने भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए । कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए ।  

‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभइ बृहत् र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगितामार्फत गर्दैछौं,’ ओझाले कार्यक्रम आयोजनाको उद्देश्यमाथि प्रकाश पार्दै भने ।

ग्लोरीले कार्यक्रमका लागि वल्र्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, श्रीराज टेलर्स, ग्लोबल अनलाइन पे, एभेन्टोज नेपाल, मोडल संग्स नेपाल, राज्य मिडिया नेटवर्कलगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिँदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठूला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था, अभिभावक सम्बद्ध संस्थासमेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद २५ हजार, फस्र्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार नगदसहित पोखरा जाने–आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफ्ट ह्याम्पर प्रदान गरिने छ । कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राति ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका विशेष एपिसोड सञ्चालन गर्न पाउनेछन् । 

बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफू विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सीईओ डेभिलसिंह राजपुतले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise