२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाडी दुर्घटनामा परेका विष्णुलाई आर्थिक सहयोग

ADV
प्रचण्ड खत्री
२०८१ साउन १३ गते ११:५०
गाडी दुर्घटनामा परेका विष्णुलाई आर्थिक सहयोग

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्माका गोर्ख कुसारीले मलेसियामा गाडी दुर्घटनामा परी घाइते भएका बाँफिकोट गाउँपालिका वडा नम्बर ५ काडाका विष्णु केसीलाई ३० हजार रुपैयाँ सहयोग गरेका छन् । कुसारीले १० वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका छन् ।

काडाका विष्णु रोजगारीको सिलसिलामा मलेसिया गएको ४ दिनमै सवारी दुर्घटनामा परी नेपाल फर्कीएर उपचाररत छन् । उनको आर्थिक अवस्था कमजोर भएको र उपचार गर्न धेरै खर्च लाग्ने भएकाले आफूले सानो सहयोग गरेको कुसारीको भनाइ छ । 

काठमाडौंको ट्रमासेन्टरमा उपचारपछि उनी घर फर्किएका छन् । अहिलेसम्म उनको ३ लाख २५ हजार रुपैयाँ खर्च भइसकेको उनका आफन्तको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise