२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाँफिकोटमा ढुंगाले लागेर महिलाको मृत्यु

Nada
प्रचण्ड खत्री
२०८२ पुष १४ गते २२:१७
Shares
बाँफिकोटमा ढुंगाले लागेर महिलाको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो वडा नम्बर १ लागिमकी ३१ वर्षीया सुनिता विकको घटनास्थलमै मृत्यु भएको हो । 

ncell

वडाध्यक्ष धनबहादुर खड्काका अनुसार रेवतखोला क्षेत्रमा जंगलमा बाख्रा चराउने क्रममा बाख्राले पल्टाएको ढुंगा लाग्दा विकको ज्यान गएको हो । उनी आफ्नै घरका बाख्रा चराउन जंगल गएकी थिइन् । 

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक हरिप्रसाद पुनको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर