२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘कार्साङ’को छायाँकन शुरु

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १४:२३
‘कार्साङ’को छायाँकन शुरु

काठमाडौं : यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्साङ’को छायाँकन शुरु भएको छ ।

फिल्मको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्पराअनुसार पूजा गरी छायाँकन थालिएको हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायाँकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । यस फिल्मको कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्म ‘कार्साङ’को केही दिन काठमाडौंमा कार्यशाला (वर्कशप) चलेको थियो । 

बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमूहुर्त गरिएको फिल्मको मुख्य कलाकारमा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सिर्जना र छिरिङले डेब्यु गर्दै छन् ।

सिर्जनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

सअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । 

यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोख संगीत निर्देशक रहने फिल्मको मुख्य सहनिर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह९निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise